१ कार्तिक २०८३, आइतबार

अभिनेत्री तथा मोडल दीपाशा विसीको निधन

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । अभिनेत्री तथा मोडल दीपाशा विसी ‘जलपरी’ को निधन भएको छ । उनको आज काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बुधबार राती विष सेवन गरेर सिकिस्त भएकी उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले आज बिहान मृत घोषित गरेको हो ।

सुर्खेतमा जन्मिएकी २८ वर्षीया दीपाशाले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

उनले लोकगीतका म्युजिक भिडियोमा धेरै अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्ममा ‘बिरानो माया, छाल, झेली, दुलही रानी’ लगायत रहेका छन् ।

‘जलपरी’ नामले समेत चर्चित उनले २०६८ सालमा फिल्म ‘दुलही रानी’ बाट फिल्ममा डेब्यू गरेकी थिइन् ।