दोलखा, २३ जेठ । शक्तिशाली भूकम्पपछि दोलखाको उत्तरी गाविसमा सयौंको संख्यामा अनौठो किरा देखिन थालेपछि किसान चिन्तित हुन थालेका छन् । विशेष गरी साँझमा देखापर्ने किराले मकै, आलु, कोदोको बिउ नष्ट गर्नुको साथै पालमा बसेका मानिसलाई समेत समस्यामा पारेको स्थानीयको भनाइ छ ।
साँझ देखिने यो किराले दोलखाको १४ गाविसमा लगाएको मकै, कोदोको बिउ खसाप पारेको दोलखा बिगुका ईश्वरबहादुर खड्काले बताए । अहिलेसम्म नदेखिएको यो किरा लाखौंको संख्यामा साँझ पख देखिने र रातभरमा लगाएको बाली सखाप पार्ने गरेको खड्काको भनाइ छ । आजको समाचारपत्र दैनिकमा खबर छ ।















प्रतिक्रिया