३ कार्तिक २०८३, मंगलबार

ब्लु फिल्म हेरेर आफ्नै भतिजीको बलात्कार !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape crimeकाभ्रे, २३ जेठ । मोबाइल र सीडिमार्फत अश्लील फिल्म हेरेपछि आफ्नै सात वर्षीया भतिजी बलात्कार गरी हत्या गर्ने उग्रतारा जनागाल गाविस–७ का एक युवा र बालकलाई जिल्ला अदालत काभ्रेले २७ र २५ वर्ष कैद सजाय सुनाएको छ ।

बालिका बलात्कारमा संलग्न अर्का १६ वर्षीय बालकलाई २५ वर्ष कैद ठहर गरी आधा सजाय हुने फैसला भएको छ ।

‘केही वर्ष अघिदेखि नै मैले पत्रिकामा छापिने हिरोइन तथा मोडलहरुको ब्लोअप तस्बीर, मोबाइलमै हेर्न मिल्ने अश्लील फिल्म र सीडिमा पाइने फिल्म हेरेपछि महिलासँग नजिक हुन मन लाग्थ्यो, पटकपटकको प्रयासपछि आफ्नै भतिजीलाई बलात्कार गरेँ, अरुले थाहा नपाउन भनेर हत्या गरेँ,’ बयानमा काका रोशन बोगटीले भनेका छन । आजको समाचारपत्र दैनिकमा खबर छ ।