३ कार्तिक २०८३, मंगलबार

पेस्टोलसहित पक्राउ परेका मोस्ट वान्टेड बाघेलाई छुटाउन प्रहरीमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २३ जेठ । दुईवटा पेस्तोलसहित पक्राउ परेका स्थानीय गुण्डा धनबहादुर घले ‘बाघे’ लाई बारपाकका युवाहरुले प्रहरीबाट खोसेका छन् ।

बारपाक–४ निवासी बाघेलाई दुईवटा पेस्तोलसहित पक्राउ गरेको आधा घन्टामै स्थानीयले प्रहरी नियन्त्रणबाट मुक्त गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

अवैध हतियारसहित हिड्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले बाघेलाई पक्राउ गरेको थियो ।

पक्राउ गरलगत्तै उच्छृङ्खल युवाले प्रहरीले प्रयोग गरेको बा२झ ९०९ नम्बरको गाडी तोडफोड गरी बाघेलाई नियन्त्रणमुक्त गरेका थिए ।

उनीहरुले प्रहरीमाथि कुटपीट समेत गरेका थिए ।