काठमाडौं, २३ जेठ । एनेकपा माओवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन्।
शुक्रबार सानेपा स्थित निवासमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने, ‘राष्ट्रिय एकताको सरकार गठनबारे छलफल चलाएका छौं कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौ, यी सबै हल्लाहरु मात्र हुन् ।’
उनले जनतालाई संविधानको राहतसँगै पूननिर्माण र त्यस पछि मात्र सरकार गठन गर्नु पर्ने बताए।
नवनिर्माणको लागि छुट्टै अधिकार सम्पन्न प्राधिकरणको गठन गर्नु पर्नेमा उनको जोड थियो। उनले विज्ञ टोलि राखेर प्राधिकरण बनाउनु पर्ने बताएको नागरिक दैनिकले छापेको छ ।
यस्ता प्रकोपहरुमा अधिकार सम्पन्न प्राधिकरण गठन गरेर नवनिर्माण गरिएका विश्वमा उदाहरण गरहेको उनले बताए।
नयाँ कुरा गर्ने वित्तिकै यसको के स्वार्थ छ भन्ने गलत मानसिकता हटाउनु पर्ने बताउँदै उनले प्राधिकरणको नेतृत्व आफूले नताकेको स्पष्ट पारे।















प्रतिक्रिया