६ कार्तिक २०८३, शुक्रबार

मानवअधिकार कायम गराउन निगरानी समूहको छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rihgt-ommiteमहेन्द्रनगर, २२ जेठ । पछिल्लो मानवअधिकारको उल्लङघन बढेको भन्दै कञ्चनपुरमा सरोकारवालाले नयाँ रणनीति सार्वजनिक गरेका छन् ।

मानवअधिकार निगरानी समूह कञ्चनपुर र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र समसामयिक मानवअधिकार अवस्थाका विषयमा मानवअधिकार रक्षकहरूबीच शुक्रबार महेन्द्रनगरमा भएको छलफलमा नयाँ रणनीतिका साथ अगाडि बढ्ने निर्णय भएको हो ।

मानवअधिकार निगरानी समुह कञ्चनपुरका संयोजक कृष्णसिंह देउपाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा जिल्लाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने निर्णय भएको हो ।

जिल्ला खानेपानीको धारामा देखिएको अशुद्धता खानेपानी सम्वन्धि समाचार र गुनासो आएकोले जिल्ला खानेपानी संस्थान एवं सम्वन्धित निकायसंग छलफल गरी समस्या समाधानका लागि पहल गर्ने निर्णय भएको छ । यसैगरी जिल्लामा स्थित विभिन्न सरकारी विद्यालयमा असान्दर्भिक रुपमा शुल्क लिने गरेको भन्ने गुनासो आएकोले जिल्ला शिक्षा कार्यालयसँग समेत यस विषयमा छलफल गरी ध्यार्नाकषण गराउने निर्णय भएको छ ।

यसैगरी नागरिक समाज कञ्चनपुर र मानवअधिकार निगरानी समुह कञ्चनपुरले संयुक्त रुपमा बैठक बसेर ह्दयघातबाट मृत्यु भएका कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी विश्वनिरन्जन प्रधान प्रति श्रद्धान्जली व्यक्त गरेको छ । इमानदार कर्तव्यनिष्ठ र सरल स्वभाव भएका प्रधानलाई नागरिक समाज कञ्चनपुर र मानवअधिकार निगरानी समुह कञ्चनपुरको संयुक्त रुपमा वसेको वैठकले १ मिनेट मौनधारण गरेर श्रद्धान्जली अर्पण गरेका थिए ।

मानवअधिकार निगरानी समूहको तर्फबाट जिम्मेबार निकायलाई जवाफदेही बनाउन मासिक रुपमा मानवअधिकारका मुद्दाहरूमा सरोकारवाला निकायहरूको ध्यानार्कषण गराउने गरेको मानवअधिकार निगरानी समूहका सचिव एवं इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले बताउनुभयो ।