१७ कार्तिक २०८३, मंगलबार

प्रमुख दलका नेताहरु सहमतिको नजिक, यस्तो छ प्रतिक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-kp-prachanda

काठमाडौँ, २२ जेठ । प्रमुख राजनीतिक दलका नेताहरुले संविधानका अन्तरवस्तुमा सहमति नजिक पुगेको बताएका छन् ।

प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाको शुक्रबार संविधानका अन्तर्वस्तुमा केन्द्रित रहेर शुक्रबार भएको छलफलमा सहमति नजिक पुगेको बताएका हुन् ।

प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका अध्यक्षहरूको प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न भएको बैठकमा संविधानका विवादित विषयमा केन्द्रित रहेर गहन छलफल भएको उनीहरूले बताए ।

“अब धेरै अलमल नहोला, एकदुई दिनमा प्रगति देखिएला, छलफलका विषयवस्तु साँघुरिदै गएका छन् , शीघ्र सहमति हुनेछ,”– बैठकपछि सञ्चारकर्मीलाई उनीहरूले भने ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहमतिका आधारमा यही जेठ २५ गते बस्ने संविधानसभाको बैठकबाट प्रक्रिया आरम्भ हुने बताउनुभयो ।

लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक समस्याको रुपमा रहेको संविधान चारपक्षको सहमतिमा यथाशीघ्र जारी गर्नुपर्छ भनेर विषयवस्तुमा केन्द्रित रहेर सकारात्मक र गहन छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– राज्य पुनःसंरचना गर्दा छ प्रदेशमा सहमति हुने बढी सम्भावना छ, तर अहिले आठ प्रदेशमा पनि छलफल जारी छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग शनिबार बिहान छलफल गरेर त्यसपछि बस्ने चार शक्तिको बैठक संविधानका अन्य विषयलाई कसरी अघि बढाउने भन्ने निष्कर्षमा पुग्ने अध्यक्ष गच्छदारले जानकारी दिनुभयो ।

बैठकमा नेपाली काङग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मोर्चाका अध्यक्ष गच्छदार सहभागी हुनुहुन्थ्यो ।