
विराटनगर, २२ जेठ । विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडेको यति एयरलायन्सको जहाज दुर्घटनाबाट बचेको छ ।
३० जना यात्रु बोकेर आज अपराह्न काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज दस मिनेटमै आकस्मिक अवतरण गरिएको हो ।
विमानमा प्राविधिक गडबडी देखिएपछि आकस्मिक अवतरण गरिएको एरलायन्सका विराटनगरस्थित प्रबन्धक प्रेम कुँवरले बताउनुभयो । प्राविधिक परीक्षणपछि मात्र सेवा सुरु गरिने उहाँले बताउनुभयो ।












प्रतिक्रिया