८ कार्तिक २०८३, आइतबार

वर्तमान सरकार स्वेच्छाचारी र भ्रष्ट भयो: केपी शर्मा ओली (भिडिओसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी र भ्रष्ट भएको आरोप लगाएका छन् ।

बिहीबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार संविधान विपरी चल्ने स्वेच्छाचारी र राजनीतिक तथा संवैधानिक हिसाबले भ्रष्ट भएको आरोप लगाएका हुन् ।

सरकारले बहुमतका आधारमा संसदलाई पङ्गु बनाउने काम गरेको र मिटरव्याजी कानून बाहेक अरु केही काम गर्न नसकेको बताए । पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्नेमा उनले जोड दिए ।

हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उनले आपत्ती जनाए । अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाइ छ ।

ओलीले वर्तमान सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रीक अभ्यासलाई ध्वस्त पारेको बताए ।

ओलीले एमाले बाहेक अरु कसैको नेतृत्वमा देशको विकास सम्भव नरहेको भन्दै मिसन ८४ मा ध्यान केन्द्रीत गर्न सांसदहरुलाई निर्देशन दिए ।