
काठमाडौं, १६ कात्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीया खारेज हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने देखिएको बताएका हुन् । हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसमेत नल्याएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘प्रदेशहरुलाई अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन। उहाँ माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौँ। यहाँ भन्नै पर्दैन यतै बाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त। आठ/आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरुलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छरु कसरी संघीय गणतन्त्र संस्थागत हुन्छरु भन्ने एउटा गम्भिर प्रश्न रहिरहेको छ।’
।















प्रतिक्रिया