८ कार्तिक २०८३, आइतबार

अहिलेको व्यवस्था र संविधान ल्याउने दलहरू बेठिक भन्ने भाष्य निर्माण गर्न खोजियो: रमेश लेखक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेको संविधान असफल बनाउने छुट कसैलाई नरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले अहिलेको व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठीक हुन् भन्ने राजनीतिक भाष्य निर्माण गर्न खोजिएको भन्दै संविधान असफल बनाउने छुट कसैलाई नरहेको बताएका हुन् ।

लेखकले संविधान असफल भए मुलुक अप्ठेरोमा पर्न सक्ने भएकाले संविधान निर्माण गर्नेहरू एक ठाउँमा उभिन जरुरी रहेको धारणा व्यक्त गरे । उनले सदनलाई प्रभावकारी बनाए सरकार प्रभावकारी हुने भएकाले संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्नेमा जोड दिए ।

संसदमार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, संसद्ले बनाएका कानूनको कार्यान्वयनका अवस्थाबारे अध्ययन गर्ने अभ्यास पनि विश्वव्यापी रुपमा रहको उनको भनाइ छ । लेखकले संसद्लाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न कांग्रेस प्रतिबद्ध रहेको र सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहको धारणा राखे ।

उनले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दु:ख व्यक्त गर्दै हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई सहजतापूर्वक शकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने धारणा राखे ।