२९ आश्विन २०८३, बिहिबार

यस्तो जागिर, जहाँ काम नगर्दापनि ४३ लाखसम्म बोनस पाईन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

britain-jobs-bonus-557071bb71d03_exlst

काठमाडौं । विश्वमा पछिल्लो समय रोजगारी गर्ने नयाँ नयाँ तरिकाहरु छन् । केही देशमा रोजगारी थुप्रै अवसरहरु छन् ।

केही देशमा भने रोजगारी नपाएर युवाहरु बेरोजगार बसेका छन् । जसमा नेपाल पनि एक हो । तर यहाँ एक देशले बेरोजगारीलाई रोजगारी दिने मात्र होइन, काम नगर्दा पनि लाखौं बोनस दिने गरेको खबर सार्वजनिक भएको छ ।

सामान्यतया कामदारलाई काममा ध्यान केन्द्रीत गर्न तथा उर्जा प्रदान गर्न कम्पनीले बोनम दिने गर्छ । तर, ब्रिटेनका एक तिहाई म्यानेजर जिम्मेवारी अनुसारको काम नगर्दा समेत बोनस पाउने गरेका छन् ।

ब्रिटेनका ७० हजार म्यानेजरले पाउने तलब र बोनसको अध्ययनका क्रममा यो नतिजा बाहिर आएको हो । यो रिपोर्टमा भनिएको छ कि बोनस पाउने म्यानेजरले जिम्मेवारीमा पूरा गर्न कस्सिएका छैनन्, बल्कि ढिलासुस्तीमा काम गरिरहेका छन् ।

ब्रिटेनको द चार्टेड म्यानेजमेण्ट इंस्टिट्यूट (सीएमआई)को नेशनल सेलरी सर्वेमा यो जानकारी प्राप्त भयो कि जिम्मेवारीलाई लक्ष्य अनुसार पूरा नगर्ने म्यानेजरले औसत ४५ हज़ार पाउण्ड (क़रिब ४३ लाख रुपैयाँ)को बोनस पाएका छन् ।

लक्ष्य धन्दा कम काम गर्ने सीनियर म्यानेजरहरुले औसत ९ हज़ार पाउण्ड (क़रिब ८ लाख रुपैयाँ) बोनस पाए । यहाँको म्यानेजर पदमा केही नेपाली युवाहरु पनि काम गर्छन् ।

विट्रेन भन्दा नेपाली युवाले दिएको जिम्मेवारी लक्ष्य अनुसार नै पूरा गर्ने गरेको रिपोर्टमा उल्लेख छ । तर बोनम विट्रेनीहरुले नै बढी पाउछन् । उनीहरु काम कम बोनस बढी पाउँछन् । अर्थात काम नगरेरै लाखौ बोनस पाउँछन् ।

यद्यपी यहाँका कर्मचारी सुरुमा कठिन मेहनतका साथ काम गर्छन् । जसबाट उनीहरुलाई पुरस्कार प्राप्त हुन्छ । पुरस्कार पाएपछि उनीहरु बोनस पाउन थाल्छन् । त्यसपछि मन लगाएर काम गर्दैनन् । यो यहाँको परम्परा नै हो । एजेन्सी