८ कार्तिक २०८३, आइतबार

सत्तामा रहेको माओवादी सडक संघर्षमा जान लागेको हो ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी महासचिव देवप्रसाद गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई गुरूङले अनुरोध गरेका छन् ।