८ कार्तिक २०८३, आइतबार

प्रभु बैंकको सीईओ शेरचनको नियुक्ति अदालतद्वारा सदर

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको नियुक्ति अदालतले सदर गरेको छ । शेरचन पुन: प्रभु बैंकको सीईओ नियुक्त भएपछि उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।

अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले रिट खारेज गरेसँगै शेरचरको नियुक्ति सदर भएको हो ।

शेरचनको पुन नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधान विपरीत रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले २०७९ माघमा मुद्दा दायर गरेकी थिइन्।

सेन्चुरी कमर्सियल बैंकलाई मर्ज गरेपछि प्रभुले शेरचनलाई सीईओमा निरन्तरता दिएको थियो। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा बैंकमा लगातार दुई कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था छ। तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिसनमा जाँदा सम्बन्धित पदमा पुन: नियुक्ति दिन/लिन कुनै बाधा नपुग्ने सुविधा दिएको थियो। जसअनुसार शेरचन पुन सीईओ नियुक्त भएका थिए । त्यसविरुद्ध थापा अदालत पुगेकी थिइन्।