८ कार्तिक २०८३, आइतबार

रिगललाई आममाफीविरूद्वको रिटको सुनुवाई सकियो, भोलि निर्णय सुनाइने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । बाँकेको नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्व परेको रिटको सुनुवाई सकिएको छ ।

प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा सुनुवाई सकिएको हो । निर्णय भने भोलि सुनाइने बताइएको छ ।

नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा आजिवन जेल जीवन काटिरहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।

उनको आममाफीविरूद्व चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट हालेकी थिइन् ।