८ कार्तिक २०८३, आइतबार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रूपैयाँ घटाएको हो।

बुधबार बिहानदेखि पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य १६१, दोस्रो वर्गमा १६३ र तेस्रो वर्गमा १६४ रूपैयाँ कायम गरिएको छ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

पहिलो वर्गमा पर्ने क्षेत्रहरू-

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज ।

दोस्रो वर्गमा पर्ने क्षेत्रहरू-

सुर्खेत र दाङ ।

तेस्रो वर्गमा पर्ने क्षेत्रहरू-

काठमाडौं, पोखरा र दिपायल ।