
काठमाडौं, १४ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी जवान पक्राउ परेका छन् ।
नक्कली कागजात बनाएर नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएपछि प्रहरीले प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो ।
यसअघि यही प्रकरणमा उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठ पक्राउ परेका थिए । उनैको बयानका आधारमा प्रहरी जवान तामाङ पनि पक्राउ परेका हुन् ।
जवान तामाङले नक्कली कागजातका आधारमा विदेश जानेलाई जाँचपास कटाउने भूमिका खेल्दै आएको पाइएको बताइएको छ ।















प्रतिक्रिया