
काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियाकाबारेमा केही नेताहरूले देश विभाजित रहेको देखाउन खोजेको गुनासो गरेका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका बिषयका अन्तराष्ट्रिय समूदायको साथ पाइरहेको अवस्थामा नेपालका केही नेताहरूले शान्ति प्रक्रियाका बिषयमा देश बिभाजित देखाउनु दुर्भाग्य भएको बताएका हुन् ।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले एमाले शान्तिप्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहेपनि प्रधानमन्त्री प्रचण्ड नै शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने पक्षमा नरहेको बताएका थिए ।
ओलीको भनाईप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारात्मक रहेको जिकिर गरे ।
जलवायु परिवर्तनको असरमा नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्ने लगायत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उनले बताए । प्रधानमन्त्रीले आफ्नो निमन्त्रणमा नेपाल भ्रमणमा आएका गुटेरेसको भ्रमण नेपालका लागि राम्रो भएको प्रतिक्रिया दिए ।















प्रतिक्रिया