८ कार्तिक २०८३, आइतबार

राष्ट्र संघका महासचिव गुटेरेसले नेपालको राम्रो मूल्यांकन गर्नुभएको छ: अध्यक्ष ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा गरेको संबोधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा प्रतिक्रिया दिदै ओलीले नेपालको शान्तिप्रक्रिया देखि जलवायु परिवर्तन लगायतका बिषयमा महासचिव गुटेरेसले व्यक्त गरेका अभिव्यक्ति निकै राम्रो भएको प्रतिक्रिया दिएका हुन् ।

नेपालको राम्रो मूल्याङकन गरेको, विपन्न राष्ट्रहरुलाई सम्पन्न राष्ट्रहरुले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले बिशेष प्रशंसा गरेको ओलीले बताए ।

पीडितलाई न्यायका साथै सर्वोच्च अदालतको आदेश र अन्तराष्ट्रिय मान्यता अनुसार शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउन सुझाव दिएको भन्दै पार्टीले समेत धन्यवाद दिने अध्यक्ष ओलीको भनाइ छ ।