८ कार्तिक २०८३, आइतबार

देशको रूपान्तरणका लागि सङ्घर्ष गरेकाले मैले शान्ति र द्वन्द्वको मूल्य बुझेको छु: प्रधानमन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेलाई स्वागत गर्न मंगलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका प्रधानमन्त्री प्रचण्डले मुलुकको शान्ति प्रक्रियाले समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुन सक्ने विश्वास व्यक्त गरे ।

उनले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको स्पष्ट पारे ।