३ कार्तिक २०८३, मंगलबार

शिक्षामन्त्री श्रीमान् र छोराछोरी लिएर विदेश शयरमा मस्त, नेपालमा शिक्षा क्षेत्रको बेहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hitra Lekha Yadavकाठमाडौं,, २२ जेठ । भूकम्पले भवन भत्काइदिएपछि अहिले लाखौं विद्यार्थी त्रिपाल–कक्षामा विपत्तिका पीडा बाँडिरहेका छन्, विभागीय मन्त्री चित्रलेखा यादव भने श्रीमान र छोराछोरी लिएर विदेश शयरमा मस्त छिन् ।

‘विपदको बेला विदेश घुम्न नजान’ प्रधानमन्त्री सुशील कोइरालाले पटकपटक दिएको निर्देशन अवज्ञा गर्दै शिक्षामन्त्री यादव वैशाख १२ यता तीन देश घुमिसकेकी छन् ।

पहिलैेपटक जेठ १८ गते मन्त्रालयसँग असम्बन्धित महिलासम्बन्धि कार्यक्रममा भाग लिन डेनमार्ग पुगेकी उनी २४ गते मात्र फर्कदैछिन् ।

पछिल्लो भ्रमणकालागि मन्त्री यादवले गत बिहीबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री कोइरालासँग अनुमति मागेको नागरिक दैनिकले छापेको छ ।

‘प्रधानमन्त्रीले तपाईं यस्तो बेला नजानुस, शिक्षाक्षेत्र लथालिंग छ, त्यसको व्यवस्थापनमा लाग्नुस भन्नु भएको थियो’ बिहीबारको बैठकमा उपस्थित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने,‘उहाँ प्रधानमन्त्रीलाई फकाउन थाल्नु भयो ।

मलाई त जानुहुन्न जस्तो लागेको थियो तर विपद्को बेला शिक्षाक्षेत्र लथालिंग छाडेर जानु भयो ।