३ कार्तिक २०८३, मंगलबार

कमाइको आधा रकम बीमामै सक्किन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Plane Chin Nepalकाठमाडौं, २२ जेठ । नेपाल वायुसेवा निगमले चिनियाँ जहाजबाट गर्ने आम्दानीको झन्डै आधा रकम बिमामा बुझाउने गरेको छ ।

यी जहाजको बिमा शुल्क उच्च भएको भन्दै निगमले घटाउन आग्रह गरे पनि चिनियाँ पक्षले चासो नदिँदा बिमा कम्पनीले महँगो शुल्क लिन छाडेको छैन ।

निगमले हाल राष्ट्रिय बिमा संस्थानमार्फत एक बेलायती कम्पनीमा बिमा गराइरहेको कारोबार दैनिकले छापेको छ ।

जोखिम बढी भए पनि बिमा शुल्क पनि उच्च हुने प्रावधानका कारण कम्पनीहरुले चिनियाँ जहाजबाट चर्को बिमा शुल्क असुल्ने गरेका छन् ।

स्पेयर पार्ट, तालिम तथा पाइलट दिन तयार भए पनि चिनियाँ पक्ष बिमा शुल्क घटाउने लबिङबाट पन्छिँदै आएको छ ।

निगमले वैशाख १२ सम्म बिमा रकम घटाइदिन आग्रह गरे पनि चिनियाँ पक्षले नटेरेपछि पुनः साउन ११ सम्मलाई भनेको छ ।

त्यसपछि बिमा शुल्क तिर्न नसक्ने उसले स्पष्ट पारेको छ ।