२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: सास नआए पनि इजरायलबाट लास आउँदै, कतारी अमिर नेपाल आउँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । युद्वग्रस्त इजरायलमा मृत्यु भएका चारजना नेपालीको शव आइतबार नेपाल आइपुग्ने भएको छ ।

तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी दिएको हो ।

नेपाल ल्याइन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १:२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । अन्य शव पहिचानको काम भइरहेको बताइएको छ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–