२८ आश्विन २०८३, बुधबार

सरकारले बजारलाई व्यवस्थित गर्न सकेन, गरिबको चुल्हो नबल्ने भयो : विष्णु पौडेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको बताएका छन् ।

बडा दसैँ, तिहार, छठ, नेपाल संवत् लगायत चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उनले महङ्गी आकासिएर जनताको घरमा चुल्हो निभेकाले यसको सम्पूर्ण जिम्मा वर्तमान सरकारले लिनुपर्ने बताएका हुन् ।

महँगी आकासिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको उनको भनाइ थियो । पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले दसैंको मुखमा गठबन्धन सरकारले खाद्य वस्तुमा अचाक्ली मूल्य बढाएको, देशबाट सुशासन हराएको, देश घना सङ्कटमा फसेकोबारे चर्चा गरेका थिए ।

यस्तै, उनले झापालाई नेपालका कम्युनिष्टहरूले विशेष प्रकारले स्मरण गर्ने बताएका छन् । अहिले नेपालमा भएका कम्युनिष्टहरूको फैलावट नै झापाबाट भएकाले झापालाई विशेष रुपमा स्मरण गरिने बताएका हुन् । पश्चिम नेपालबाट राजनीति सुरू गर्ने मानिसहरुले झापालाई असाध्यै सम्मान गर्ने उनको धनाइ छ ।