२८ आश्विन २०८३, बुधबार

इजरायलमा मृत्यु भएका नेपालीहरूबारे बन्यो यस्तो गीत

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । युद्धको चपेटामा परी इजरायलमा ज्यान गुमाएका नेपालीहरूप्रति समर्पित गीत ‘शोक’ सार्वजनिक भएको छ ।

समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवम् भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पीडालाई गीतमा उठान गरेको पाइन्छ ।

विनोद बाजुरालीको एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ । गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । बसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय समावेश छ ।