
दाङ, ३ कात्तिक । गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा दैनिक आकर्षक झाँकी प्रस्तुत हुने गरेको छ ।
श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित ‘श्रीमद्भागवत एवम् शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ मा नेपालकै उत्कृष्ट नाट्य कलाकारहरुबाट दैनिक झाँकी, देबलिला एवम् चेतनामूलक प्रस्तुतिहरु प्रस्तुत भइरहेको छ ।
राष्ट्रिय एवम् धार्मिक जनावर गाईको महत्व थप स्थापित गर्ने एवम् श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवम् गोवंश (गाई, गोरु, बाच्छा, बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञमा भागवतमा आधारित देबलिला, झाँकी, नाटक एवम् हास्यव्यङ्ग्य चेतनामूलक प्रस्तुती भइरहेको महायज्ञ आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले जानकारी दिए ।
महायज्ञको वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट विभूषित प. अमृतशरण देवाचार्य रहेका छन् । महायज्ञमा हरेक दिन बेलुका पञ्चआरती हुँदै आएको छ । महायज्ञमा शनिबार दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समितिका सह–संयोजक बिमला योगीले जानकारी दिए ।













प्रतिक्रिया