६ कार्तिक २०८३, शुक्रबार

एमालेले महालक्ष्मी नगरपालिकाका १४५ घरको भग्नावशेष हटायो, ७० लाखको श्रमदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml (4)

– रमेशप्रसाद तिमल्सिना
ललितपुर, २१ । एमालेका स्वयंसेवकले ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको महालक्ष्मी नगरपालिकामा पर्ने लामाटार, लुभु, टिकाथली, सिद्धिपुर र इमाडोलका १ सय ४५ ओटा धराप घरहरुबाट महत्वपूर्ण मालसमान, अन्नपात र लत्ताकपडाहरु झिकी सुरक्षीत गर्ने र ती धराप घरहरु भत्काउने कार्य सम्पन्न गरेको विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलन अघि नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सिद्धिपुरको क्षतिग्रस्त घरहरु तथा एमालेका स्वयम्सेवकले गरेको कामको निरीक्षण गरेका थिए ।

uml (3)उनले स्थानीयहरुलाई एमालेका कार्यकर्ताले गरेको कामको बारेमा समेत सोधेका थिए । स्थानीयले जवाफ दिँदै उनलाई एमालेका कार्यकर्ताले गरेको काम अत्यन्तै सकारात्मक भएको र यस्तो काम गर्ने ज्यामी पनि नपाइने बताएका थिए ।

स्थानीयले राता ज्याकेट र पहेंला हेल्मेट लगाउनेलाई देखाउँदै भने–‘यिनीहरुले आफ्नै खाएका छन् । बेलैमा आएका छन् । अलिकति पनि नठगीकनै काम गरेका छन् ।’

स्थानीयको सकारात्मक प्रतिक्रिया पछि एमाले नेता नेपाल उत्साही हुँदै भने–‘एमालेले जनताको दुःखमा साथ दिएर काम गरेकाले गर्दा एमाले जनताको पार्टी बनेको हो ।’ ‘जनताको सेवक पार्टी भएकोले हामी जनताकै सेवा गर्न तल्लीन हुनुपर्छ ।’–उनले थपे ।

uml (2)बैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि पटक पटक आइरहेका परज्ञकम्पनहरुबाट मुलुकमा भएको क्षति र त्यसबाट पीडित जनताको उद्धार र पुनस्र्थापनाका लागि नेकपा एमालेद्धारा सञ्चालित एक महिने राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको १२ औं दिन ललितपुरको सिद्धिपुरमा पत्रकार सम्मेलनमार्पmत अहिलेसम्म भएका कामको सार्वजनिक गरिएको छ ।

त्यसैगरी, पालमूनी बास बसेका निम्न आयस्तर भएका १२ घरपरिवारलाई अस्थायी घर निर्माण गरी हस्तान्तरण गरिएको पनि कार्यक्रममा जनाइएको छ । ६ ओटा घरकोलागि २ वण्डलका दरले जस्तापाता समेत उपलब्ध गराइएको एमाले ललितपुर २ का अध्यक्ष प्रेम महर्जनले जानकारी दिए ।

लुभुस्थित सहयोगी वहुद्धेश्यीय सहकारी संस्थाद्धारा सञ्चालित वेष्ट विङ्ग उच्च माविको ८ वटा कक्षा कोठा निर्माण गरी जेठ १८ गते एमाले केन्द्रीय सचिव एवं केन्द्रीय स्वयंसेवक परिचालन कमिटीका संयोजक गोकर्ण विष्टमार्फत विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

११ दिनसम्म एमालेको स्वयम्सेवक टोलीले करिब ७० लाख भन्दा बढीको जनश्रमदान उपलब्ध गराएको पेशागत महासँघ नेपालका महासचिव शिव अधिकारीले जानकारी दिए ।

एमालेको स्वयम्सेवी अभियानले जनताको बीचमा आपसी सहयोग र सुसम्बन्ध स्थापना गर्ने काम गरेको एमाले पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरीले बताए ।

एमालेका कार्यकर्ताहरु जनताको सुखदुखमा आफ्नो ज्यानको समेत पर्वाह नगरी निस्वार्थ रुपमा समर्पित भएको कुरा व्यवहारबाटै पुष्टी भएको एमालेका नेताहरुले बताएका छन् ।

ललितपुर जिल्ला क्षेत्र नं. २ मा गत जेठ १० गतेदेखि पेसागत महासंघ नेपालका १ सयजना भन्दा बढी स्वयंसेवकहरु र ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का १ सयजना भन्दा बढी स्वयंसेकहरु परिचालित भइरहेको कार्यक्रममा बताइएको छ ।

uml (1)स्वयंसेवक टोलीले स्थानीय पीडित जनताहरुको व्यापक सहभागितामा धराप घरहरुबाट सरसामानहरु सुरक्षितसाथ झिक्ने, धराप घरहरु भत्काउने र अस्थायी घर निर्माण गर्ने कामहरु गरेको छ ।

यस अभियानबाट अहिलेसम्म घरमा प्रवेश गर्न नसकेका र पालमुनि बास वसेका पीडित जनतालाई स्वयंसेवकहरुसँगै भत्केको घरमा प्रवेश गरी आफ्ना सरसामानहरु सुरक्षित गराउन ठूलो सहयोग पुगेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।

यस अभियानको अनुगमनकर्ता पार्टी केन्द्रीय कमिटीका उप–महासचिव विष्णु पौडेल, निर्देशक एमाले निर्वाचन आयोगका सचिव एवं ललितपुर जिविसका पूर्व सभापति माधव पौडेल, स्वयंसेवक प्रमुख पेशागत महासंघका महासचिव एवं केन्द्रीय लेखा आयोगका सदस्य शिब अधिकारी, गत संबिधानसभामा ललितपुर जिल्ला निर्वाचन क्षेत्र नंं २ का उम्मेदवार एवं पूर्व सभासद कृष्णलाल महर्जन, ललितपुर जिल्ला कमिटीका सचिवालय सदस्य एवं क्षेत्र नंं २ का इञ्चार्ज चिरञ्जीवी आचार्य र क्षेत्र नं. २ का अध्यक्ष प्रेम महर्जनले अभियानको नेतृत्व गर्नुभएको पनि जनाइएको छ ।

यसका साथै पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी, पेसागत महासंघ नेपालका अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेल, ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरीकृष्ण व्यञ्जनकार र पेसागत महासंघका अन्य नेताहरु र ललितपुर जिल्ला कमिटी र क्षेत्र नं. २ का नेतृत्व तहका कार्यकर्ताहरु यस अभियानमा सहभागी रहेको जनाइएको छ ।