८ कार्तिक २०८३, आइतबार

दसैँ मनाउन घर जानेहरूका कारण नाकाहरूमा सवारी चाप (भिडिओसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । बडादसैँका अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरू बढेसंगै उपत्यकाका विभिन्न नाकामा सवारी साधानको चाप बढेको छ ।

जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो ।

अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढी छ । यो क्रम फूलपातीसम्म जारी रहने छ । घर फर्कनेको चाप बढेपछि सहजरूपमा सवारी साधन नपाउने, बढी भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगायतका समस्या लिएर सर्वसाधारण आउने गरेको नागरिक सहायता कक्षका ट्राफिक प्रहरीहरूले जानकारी दिएका छन् ।

सर्वसाधारणलाई ठगिन नदिन नाकामा ट्राफिक प्रहरीहरु बसेर बढी भाडा लिए नलिएको चेकजाँच पनि गरिरहेका छन् । कामका लागि देश बाहिर रहेका र देशभित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरू दशैमा घर फर्कने गरेका छन् ।