२७ कार्तिक २०८३, शुक्रबार

कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेस कास्कीका नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् ।

कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । पोखराका व्यवसायी कार्की कांग्रेस महासमिति सदस्य थिए । कार्की कांग्रेस १२औँ महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचन समेत लडेका थिए ।

राप्रपा नेपालमा प्रवेश गरेका कार्कीलाई अध्यक्ष थापाले महामन्त्री पदमा मनोनयन गरेका छन् । थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास समेत लिएको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । दसैँलगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।