८ कार्तिक २०८३, आइतबार

पत्रकार महासंघ रौतहटका अध्यक्षका बाबुछोराले गरे एमाले नेतृमाथि निर्घात कुटपिट

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १ कात्तिक । रौतहटकी नेकपा एमालकी नेतृ सुनिताकुमारी श्रीवास्तवमाथि निर्घात कुटपिट भएको छ ।

गौर नगरपालिका-३ की ४५ वर्षीया श्रीवास्तावलाई नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अभिनाश झाले निर्घात कुटपिट गरेका हुन् । उनी नेकपा एमालेकी प्रदेश प्रतिनिधि हुन्।

छिमेकीसमेत रहेका नेतृ श्रीवास्तव र कुटपिट गर्ने झाबीच सामान्य विवाद हुँदा बुबा छोराले नै श्रीवास्तवमाथि कुटपिट गरेका हुन् । सुनिताले घरको भेन्टिलेसन खोल्दा समस्या भएको भन्दै प्रेमचन्द्रले विवाद गर्दै आएका थिए । भेन्टिलेशन नखोल्ने सहमति तोडिएको भन्दै पत्रकार झा र उनका छोराले सुनितामाथि मरनासन्न हुनेगरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

सुनिताको अहिले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार जारी छ । कुटपिट गर्ने छोरा अविनास झा पक्राउ परेका छन् भने बुबा प्रेमचन्द्र फरार छन् ।

उनीहरूविरूद्व ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।