
काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता, असहिष्णुता र अराजकता बढेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
काठमाडौंमा आयोजित दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले केही नेता कार्यकर्ताले सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्न अनुशासनहीन प्रवृत्ति देखाउन थालेकोमा चिन्ता प्रकट गरेका हुन् ।
अध्यक्ष ओलीले विभिन्न खालका संकीर्णता, गैरजिम्मेवार खालको अभिव्यक्ति र शैली भइरहेका बताउनुभयो । जति अनुशासनहीन भयो, जति उच्छृङखल भयो, जति जथाभावि बोल्यो त्यति नै महान ठान्ने प्रवृत्ति रहेको उनको भनाइ छ ।
‘आज समाजमा एउटा प्रवृत्ति छ, जति अनुशासनहीन भयो, जति उच्छृंखल भयो, जति जथाभावी बोल्यो के हुने हो थाहा छैन । महान् हुन खोजेको होला । त्यो प्रवृत्ति छ एउटा । आफूलाई कुछ देखाउनको लागि अनुशासनहीनताको साहरा लिने प्रवृत्ति बढिरहेको छ । हामीलाई कसैकसैलाई हुन्छ नि- सदस्यता लिएको भोलिपल्ट कताकता माथिलो पदमा पुगुँ जस्तो,’ अध्यक्ष ओलीले भने ।
यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न सकेमात्रै सभ्य र अनुशासित समाज निर्माण गर्न सकिने उहाँले स्पष्ट पारे । ओलीले नेपालको आफ्नै विविधता रहेको बताउँदै आफ्नै विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने धारणा राखे ।
अध्यक्ष ओलीले विविधतालाई विभेदको कुरा बनाएर समाजमा पक्षपात हुन नहुने र समााजिक सद्भावमा आधारित राष्ट्रिय एकता बनाउनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया