८ कार्तिक २०८३, आइतबार

कोशीका मुख्यमन्त्री कार्कीको पक्षमा दुई तिहाई बढी सांसदको विश्वास

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा प्रदेशसभाका दुई तिहाई बढी सांसदहरूको समर्थन सहित कार्कीले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका थिए भने कार्कीको विपक्षमा राप्रपाका ५ सांसद मात्रै रहे ।

कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन् ।