८ कार्तिक २०८३, आइतबार

कांग्रेस संस्थापन पक्ष र माओवादीले सहकार्य गर्न नमानेपछि केदार कार्कीलाई साथ दियौँ: हिक्मत कार्की

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसको संस्थापन पक्ष र माओवादी केन्द्रले एमालेसँग सहकार्य गर्न नमानेपछि मुख्यमन्त्रीमा काँग्रेका विद्रोही सांसदलाई साथ लिएको बताएका छन् ।

आजको प्रदेश सभा बैठकमा कार्कीले नयाँ निकास निकाल्ने क्रममा कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको स्पष्ट पारेका हुन् ।

यस्तै उनले गठबन्धनले संघीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि एमाले विक्षिप्त बनेको र कांग्रेसका कार्कीलाई समर्थन गरेको पनि बताए ।

पटक-पटक विश्वासको मत माग्नु पर्ने परिस्थितिको अन्त्यका लागि केदार कार्कीलाई समर्थन गरेको बताउँदै उनले प्रदेशमा ५ पटक मुख्यमन्त्रीका लागि विश्वासको मत माग्नु परेकाले अब मत माग्नु नपरोस् भनेर एमालेले कार्कीलाई समर्थन गरेको बताए ।

उनले मध्यावधिमा जाने जनताको चाहना नभएको भन्दै एमाले चुनावमा जान नडराएको पनि स्पष्ट पारे । सरकार गठनको क्रममा संविधानको धारा १६८ (५) मा पुग्ने परिस्थिति आउनै दिन नहुने कार्कीले बताए ।