२८ आश्विन २०८३, बुधबार

नेपाल विश्वकप छनोट फुटबलको दोस्रो चरणमा प्रवेश, घरेलु मैदानमै स्तब्ध बन्यो लाओस्

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेपाल विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा लाओसलाई नै स्तब्ध पार्दै जित निकालेर फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको हो ।

मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १–० को जित हासिल गरेको हो ।

पहिलो लेगमा १–१ को बराबरी खेलेको नेपाल समग्रमा २–१ को जितका साथ अघि बढेको हो । नेपालले अब दोस्रो चरणअन्तर्गत समूह एचमा युएर्इ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।