२८ आश्विन २०८३, बुधबार

एनआरएनको ज्ञान, शीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री डा. महत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, शीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ विश्व सम्मेलनमा मन्त्री डा. महतले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेको सो क्षेत्रमा हुने लगानीको प्रोत्साहन सरकारले गर्ने बताएका हुन् ।

‘युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ,’ मन्त्री डा. महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर, यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुक्ष्म चाहिन्छ ।’

हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसकेको बताउँदै उनले अहिले निजी क्षेत्रबाट ३०० मेगावट जलविद्युत् उत्पादन भइरहेको छ । सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेको बताए । ‘माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ । हामीले ऋण सहुलियत दरमा मागेका छौं,’ उनले भने ।