काठमाडौं, २१ जेठ । भूकम्प पीडित पत्रकार केपी अनमोललाई ईजरायलका नेपालीले सहयोग गरेका छन् ।
ईजरायलमा बस्दै आएकी नेपाली महिला रिङ्कु राईले विनाशकारी भूकम्पमा परी आफन्त गुमाएका पत्रकार अनमोललाई आफ्नो ब्यक्तिगत पहलमा १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
भारतको दार्जिलिङ स्थायी घर भई हाल बैदेशिक रोजगारीका लागि राई ईजरायल बस्दै आउनु भएको छ । फेसबुकबाट पत्रकार अनमोलसँग परिचित राईको माइती घर नेपालको ईलाम हो ।
आफ्नो जन्मभुमि नेपालमा आई परेको बिपत्तीबाट आफू ज्यादै दुखित भएको र बिपत्तिमा परेका सबै नेपाली दाजुभाईलाइ आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने राईको भनार्इ छ ।
महाभूकम्पमा पत्रकार अनमोलले श्रीमती, भाई र छोरीलाई गुमाएका थिए ।















प्रतिक्रिया