८ कार्तिक २०८३, आइतबार

बेथाञ्चोक गाउँपालिका-१ ले पिङको लठारो वितरण गर्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, ३० असोज । काभ्रेको बेथाञ्चोक गाउँपालिका वडा नम्बर-१ ले विजया दशमी र दिपावलीको अवसरमा पिङको लठारो (डोरी) वितरण गर्ने भएको छ ।

वडा कार्यालयले सूचना जारी गर्दै लठारो वितरण गरिने जानकारी दिएको हो ।

वडाध्यक्ष मधुसुधन तिमल्सिनाले चाडपर्वहरु हर्षउल्लासका साथ मनाउन संस्कृती र परम्परा जोगाउने उदेश्यसहित वडाका विभिन्न वस्तीहरुमा लिङ्गे पिङ खेलिने प्रचलन रही आएकोमा पछिल्लो समय पिङ खेल्ने चलन लोप हुँदै गएकाले यसको जगेर्ना गर्ने उद्देश्यसहित पिङको लठारो वितरण गर्न लागिएको सूचनामार्फत जानकारी गराएका छन् ।

लठारो प्राप्त गर्नका लागि समुदाय केन्द्रित बाँसको लिङ्गो गाडिएको फोटोसहित कात्तिक तीन गते ३ बजेभित्र वडा कार्यालयमा सम्पर्क गर्न वडा कार्यालयले आग्रह गरेको छ ।