
काठमाडौं, ३० असोज । सरकारले सुरु गरेको गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानलाई आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद प्रभु साहले राष्ट्रघाती कार्यको शुरूवात भएको टिप्पणी गरेका छन् ।
उनले गैरआवासीय नेपालीलाई नागरिकता दिनुलाई राष्ट्रघाती भएको र सरकारको अपराधजन्य कार्यकोविरुद्ध आम जनता एक भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
यस्तो छ साहले मंगलबार फेसबुकमा लेखेको स्टाटसः
#गैरआवासीय_नागरिकता_वितरण_राष्ट्रघाती_कार्यको_शुरूवात
बिदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो । गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुलनेछ । खर्बो खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याईसकेका तिनिहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउनेछन । नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन । दुनियामा काही न भएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ । विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहरो नागरिकताको प्रावधान ल्याईएको भन्ने हाला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैछ । यस अपराधजन्य कार्यको बिरुद्ध आम जनता एक भएर प्रतिवाद गरौ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार !!











प्रतिक्रिया