
काठमाडौं, ३० असोज । इजरायलबाट थप १९ जना नेपालीको उद्वार गरिएको छ । स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय जहाजमार्फत् स्वदेश फर्काइएको हो ।
भारतीय जहाजमा बिहान तेल अभिभबाट १९ जना नेपाली स्वदेश फर्किएका हुन् । उनीहरूलाई भारतबाट भने स्थलमार्गबाट नेपाल ल्याउने तयारी भएको छ ।
दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर गौरीफन्टा नाकाबाट स्वदेश फर्काउने तयारी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल भित्रिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको छ ।















प्रतिक्रिया