२७ कार्तिक २०८३, शुक्रबार

मकवानपुरमा आफ्नै भाइद्वारा दाजुमाथि खुकुरी प्रहार

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, ३० असोज । मकवानपुरमा भाइले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

जिल्लाको बागमती गाउँपालिका-९ बेतनी बस्ने ४७ वर्षीय जिवनबहादुर तुमसिंहले आफ्नै दाजु ४८ वर्षीय अशोक तुमसिहंलाई खुकुरी प्रहार गरी घाइते बनाएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

जिवनको खुकुरी प्रहारबाट अशोकको घाँटी र दाहिने हातमा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने जिवन फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।