
बुटवल, २९ असोज । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेकाले देशको अर्थतन्त्र सङ्कटमा परेको बताएका छन् ।
रुपन्देही उद्योग संघको ४५औं साधारणसभा तथा २३औं अधिवेशन आज बुटवलमा उद्घाटन गर्दै उनले सत्ता टिकाउनेबाहेक सरकारसँग अरु फुर्सद नभएको बताएका हुन् ।

उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहिल्यै छलफल नगरेको उल्लेख गर्दै सरकारले उद्योगी व्यवसायीको समस्या र अहिलेको अर्थसङ्कट बुझ्नै नसकेको समेत बताएका छन् ।
वर्तमान सरकारले उद्योगी र व्यवसायीहरूको टाउकोमा घँगेरूको लाठी बर्साएको भन्दै उनले जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको र यसलाई जनमुखी भन्नै नसकिने बताए ।













प्रतिक्रिया