
काठमाडौं, २९ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएकाले छिट्टै लयमा आउने बताएका छन् ।
आज सोमबार काठमाडौंमा आयोजित महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सङ्केत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको अर्थतन्त्र छिट्टै लयमा आउने दाबी गरेका हुन् ।
सकारात्मक सङ्केत बाबजुत बाँकी रहेका अप्ठेरोहरू सबै मिलेर समाधान गर्नुपर्ने उनले बताए । अहिले पनि अन्तर्राष्ट्रिय तहमा धेरै समस्याहरु देखापरेको भन्दै यसलाई समयमा नरोके नराम्रो रुप लिन सक्ने धारणा उनको छ ।
सरकारको तर्फबाट अर्थतन्त्र सुधारका लागि धेरै पहल गरिरहेको बताउँदै अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा रहेकाले नेपाल पनि अछुतो हुन नसकेको जिकिर गरे ।













प्रतिक्रिया