२८ आश्विन २०८३, बुधबार

गठबन्धन सरकार मुलुकको समस्याप्रति गम्भीर बनेन : विष्णु पौडेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २८ असोज । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकको समस्याप्रति गम्भीर नबनेको आरोप लगाएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आइतवार बुटवलमा गरेको कार्यक्रममा पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनकै लागि केन्द्रित भएको बताए ।

कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था र निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको अवस्थामा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, उनले मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादाबिपरीत दलको नेताहरु भएर काम गर्न नहुने बताए ।। पौडेलले सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको जिकिर गरे ।

उनले धार्मिक सदभावमा र साम्प्रदायिक सदभाव खलवलाउने प्रयासबिरुद्ध सचेत बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।