२९ आश्विन २०८३, बिहिबार

महिलाको स्तन क्यान्सरले निम्त्याउने मृत्युबाट बच्न यसो गरौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

670px-Reduce-Your-Bust-Step-3-Version-3

काठमाडौं । म्यामोग्राफी परीक्षण गर्ने महिलाको स्तन क्यान्सरबाट हुने मृत्युको जोखिम दर ४० प्रतिशतले घट्ने अमेरिकामा प्रकाशन भएको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पचासदेखि ६९ वर्ष उमेर समूहका र यस प्रकारको परीक्षण गरिएका महिलामा यो रोगको जोखिम यस्तो परीक्षण नगरेको महिलाको तुलनामा ४० प्रतिशत कम हुने अनुसन्धानकर्ताहरूले उक्त प्रतिवेदनमा उल्लेख गरेका छन् ।

महिलालाई म्यामोग्राफी गर्नका लागि आह्वान गर्दा नै स्तन क्यानसरबाट हुने मृत्यु २३ प्रतिशतले घटाउन सकिने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन न्यु इङल्यान्ड जर्नल अफ मेडिसिनमा बुधबार प्रकाशन भएको छ ।

यस्तो आह्वान गर्दा पनि सबै महिलाले परीक्षण नगरेको अध्ययनमा देखिएको छ ।

यस अध्ययन प्रतिवेदनका सह–लेखक लन्डनको क्विन म्यारी विश्वविद्यालयका स्टिफन डफीले यस महत्वपूर्ण विश्लेषणले विश्वका महिलालाई उनीहरूको स्तनको म्यामोग्राफी परीक्षण गर्दा उनीहरूको जीवन जोगिनसक्छ भन्ने सन्देश दिने आशा व्यक्त गर्नुभयो ।

स्तन क्यान्सर छिटो पत्ता लाग्दा त्यसका कारण हुने मृत्युको सङ्ख्या घटाउन सकिने भएकाले स्तन परीक्षण महत्वपूर्ण कुरा भएको प्रमाणित भएको उहाँले बताउनुभयो ।

यो अध्ययन १६ मुलुकका विशेषज्ञले गरेको थिए । उनीहरूले ११ वटा क्लिनिकल अध्ययन तथा ४० वटा सुपरिवेक्षण अध्ययनमा स्तन क्यान्सका पत्ता लगाउने विभिन्न उपायको मूल्याङकन गरेका थिए ।

यसअघिको अध्ययनमा पनि ५० देखि ६९ वर्ष उमेर समूहका महिलाले स्तन क्यान्सर परीक्षण गर्दा सबैभन्दा बढी फाइदा प्राप्त गर्ने देखिएको थियो । यस अध्ययनमा ७० देखि ७४ वर्ष उमेर समूहका महिलाले पनि म्यामोग्राफीबाट फाइदा प्राप्त गरेको देखिएको छ ।

यस अध्ययनमा ४० वर्ष उमेर समूहका महिलामा यस प्रकारको परीक्षणको फाइदा प्रमाणको रूपमा सीमित देखिएको उल्लेख गरिएको छ ।

डफीले म्यामोग्राफी परीक्षण प्रभावकारी भए पनि ‘डिजिटल ब्रेस्ट टोमोसिन्थेसिस’ जस्ता वैकल्पिक परीक्षणमा थप अध्ययन हुनुपर्ने बताउनुभयो ।

स्तनको घना पत्रको अध्ययनका लागि नयाँ त्रिआयामिक चित्र प्रविधि उपयोगी हुने उहाँले बताउनुभयो ।

म्यामोग्राफीले हुने जोखिमभन्दा त्यसको फाइदा अधिक हुने यस अध्ययनमा देखिएको छ ।

सन् २०१२ मा स्तन क्यान्सरका कारण विश्वमा पाँच लाख २१ हजार महिलाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । रासस/एएफपी