
काठमाडौं, २८ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज प्यूठान जाँदैछन् ।
बिहान साढे १० बजे हेलिकोप्टरमार्फत उनी स्वर्गद्वारी पुग्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज समेत रहेका सांसद सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले नौबाहिनी गाउँपालिकाले निर्माण गरेको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नेछन् । अध्यक्ष ओलीले स्वर्गद्धारी मन्दिरको दर्शन गर्ने र पूजाआजा कार्यक्रममा सहभागी हुने बताइएको छ ।
अध्यक्ष ओलीले नयाँबजार बिजुवार जुम्रिमा समेत प्यूठानीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम पनि राखिएको छ ।
यसअघि असोज १६ गते तय गरिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण हेलिकप्टर आउन नसकेपछि स्थगित भएको थियो ।











प्रतिक्रिया