२७ कार्तिक २०८३, शुक्रबार

पूर्वलडाकुका लागि सेनामा गरिने राजनीतिक चलखेल स्वीकार्य छैन् : शेखर कोइराला

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् ।

पूर्वलडाकुलाई सेनापति बनाउन चलखेल सुरु भएको समाचार बाहिरिएपछि नेता कोइरालाले आज सामाजिक सञ्जालमा लेख्दै राजनितीबाट सधै अलग रहेको संस्थामा नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन् ।’ नेता कोइरालाले भनेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।’

माओवादीका पूर्वलडाकु एवं नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपेकोमा नेता कोइरालाले विमत्ति जनाएका हुन् । यही असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको सरकारले तीन वर्ष पदावधि थपेको थियो ।