
काठमाडौं, २७ असोज । नेपाली काङ्ग्रेसका नेता डा. शशाङ्क कोइरालाले एकजुट भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने र हराए भने कांग्रेसले नै हराउने बताएका हुन् ।
कांग्रेस एकजुट भएको खण्डका कांग्रेस बलियो हुने उनको भनाइ छ । पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस अरु पार्टीभन्दा बलियो रहेको उनको भनाइ छ ।
उनले मुलुकमा महिलालाई आरक्षण भन्दा पनि सवै क्षेत्रमा समान सहभागीता र अवसरको खाँचो रहेको धारणा व्यक्त गरेका छन् ।













प्रतिक्रिया