२७ कार्तिक २०८३, शुक्रबार

एमालेको साथ पाएका केदार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । कोशी प्रदेशमा नेकपा (एमाले)को समर्थन पाएका नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् ।

मुख्यमन्त्रीका दाबेदार कार्कीलाई कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले सांसद परिचयपत्रसहित सनाखत गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत संख्या ४७ सांसदले कार्कीको मुख्यमन्त्री दाबीमा सनाखत गरेसँगै.प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

यता मुख्यमन्त्रीमा दाबी गरेका सत्ता गठबन्धनबाट नेकपा माओवादीका इन्द्रबहादुर आङ्बो सनाखतमै नजाने भएका छन् । मुख्यमन्त्रीको दाबी पेश गरेका कार्कीका पक्षमा ४७ सांसदले हस्ताक्षर गरेपछि उनी सनाखत नजाने बुझिएको छ ।

बिहीबार मुख्यमन्त्रीका लागि कार्की र आङ्बोले ४७/४७ सांसदको समर्थन पेश गरेपछि हिजो शुक्रबार प्रदेश प्रमुख खापुङले सनाखत लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए ।