२७ कार्तिक २०८३, शुक्रबार

कोशीमा मुख्यमन्त्रीका दाबेदार कार्की ४७ सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेकपा (एमाले)को समर्थन पाएका कोशी प्रदेशका मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका केदार कार्की एमालेका ३९ सांसदसहित हस्ताक्षर सनाखतको लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

कार्की कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसद परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

बिहीबारनै सत्ता गठबन्धनबाट नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोले पनि ४७ सांसदसहित दाबी पेश गरेका थिए ।

मुख्यमन्त्रीका लागि दुबैले ४७/४७ प्रदेश सदस्यको समर्थन पेश गरेपछि शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए ।

कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ ।

कोशीमा नेकपा (एमाले)का ४० (उपसभामुखसहित), नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सदस्य छन् ।