
काठमाडौं, २७ असोज । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा माग गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले राष्ट्रपति पौडेलको राजीनामा मागेका हुन् ।
कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति पौडेलको सक्रियता देखिएको बताउँदै थापाले राष्ट्रपति पौडेलको राजीनामा मागेका हुन् ।
‘कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ । पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन् । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’ थापाले भनेका छन् ।












प्रतिक्रिया